नेप्से १२ अंकले बढ्यो, ट्रेडिङ कम्पनीमा लगानीकर्ताको आकर्षण
काठमाडौं । बुधबार नेप्से परिसूचक १२.८८ अंकले बढेर २६३१.८९ अंकमा पुगेको छ । यो दिन १ करोड ४३ लाख ९० हजार ४४७ कित्ता सेयर ७ अर्ब २५ करोड ९ लाख २४ हजार १२४ रुपैयाँमा कारोबार भएको छ ।
यो दिन १०८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । साथै २३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आजको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा सानजेन जलविद्युत कम्पनी, युनाइटेड फाइनान्स, किसान लघुवित्त, वोमी, एनआइसी एशिया लघुवित्त छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा एचआइडीसीएल, सानिमा जनरल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, समिट लघुवित्त वित्तीय संस्था र जनउत्थान सामूदायिक लघुवित्त कम्पनी छन् ।
उपसमूहतर्फ सबैभन्दा बढी ट्रेडिङमा ८. ६३ प्रतिशतले बढेको छ । त्यसैगरी होटल एण्ड टुरिजम, जीवन बीमा, म्यूचुअल फण्ड र लगानी समूहको उपसमूहमा गिरावट देखिएको छ ।