किसान लघुवित्तले एफपीओ ल्याउने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले फर्दर पब्लिक इस्यु (एफपीओ) ल्याउने भएको छ । यसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

लघुवित्तले सर्वसाधारणका लागि एफपीओमार्फत् १ सय रुपैयाँ अंकित मूल्यका दरले १२ करोड ९८ लाख २५ हजार ९४९ रुपैयाँ बराबरको सेयर ल्याउन लागेको हो ।

यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति लिन भने बाँकी छ ।


क्लिकमान्डु