४३ अंकले बढ्यो नेप्से, ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ४३.३६ अङ्कले उकालो लागेको छ । बुधबार नेप्से ४३ अंकले बढेर २६१९.०२ बिन्दुमा पुगेको छ ।
कूल २०९ कम्पनीको ६७ हजार १४८ पटक करोबार भएको छ । १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता कारोबार हुँदा ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।
आज व्यापार उपसमूह बाहेक सबै उपसमूहको सेयर बढेको छ । व्यापार ९८.९९ अंकले घटेको छ । सबैभन्दा धेरै सेयर निर्जीवन बीमाको बढेको छ ।
निर्जीवन बीमा ३४९.६८, बैंक ४०.८६, होटल र पर्यटन ६३.२, विकास बैंक ४२.९२, जलविद्युत् ३३.५२, वित्तीय ९.३९,र उत्पादनमूलक ३१.८१, अन्य २५.८२, लघुवित्त २७.५९, जीवन बीमा १६७.९६, सामूहिक लगानी कोष ०.१२ र लगानी १.७९ अंकले बढेको छ ।
महिला लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था, सानिमा जेनरल इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । प्रुडेन्टियल इन्स्योरेन्सको सेयर पनि ९.०८ प्रतिशतले बढेको छ ।
राईराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, बोटलर्स नेपाल (तराई) र यूनाइटेड इदी मर्दी हाइड्रोपावरको सेयर ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।