एचआइडीसीएलले १:१ अनुपातमा हकप्रद दिने
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीले सेयरधनीलाई हकप्रद दिने भएको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले सेयरधनीलाई १ः१ अनुपातमा हकप्रद सेयर दिनका लागि बोर्डमा प्रस्ताव गरेको हो
कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता सेयर हकप्रद ल्याउन लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।