भिसा इंकले क्रिप्टोकरेन्सीको भुक्तानीलाई अनुमति दिने



काठमाडौं । भिसा इंकले क्रिप्टोकरेन्सीको प्रयोगलाई यसको भुक्तानी नेटवर्कमा लेनदेन गर्न अनुमति दिने बताएको छ । यसले मुलधारको वित्तीय क्षेत्रले डिजिटल मुद्राको स्वीकृतिलाई बढवा दिएको संकेत मिल्छ ।

कम्पनीले रोयटर्सलाई भनेको छ कि यो पाइलट प्रोजेक्ट भुक्तानी र क्रिप्टो डट कमको साथ शुरु गरिएको छ । यस वर्षको अन्तमा थप साझेदारलाई विकल्प प्रस्ताव गर्ने योजना छ ।

बिट क्वाइन क्रिप्टो क्वाइनमध्येको सबैभन्दा चर्चित हो । एक क्रिप्टो क्वाइनको मूल्य ५७ हजार ६६९ अमेरिकी डलर रहेको छ । एक महिना अघि बिट क्वाइन हालसम्मको उच्च ६१ हजार अमेरिकी डलरमा कारोबार भएको थियो । भिसाले एक बयानका मार्फतबाट उक्त समाचारलाई पुष्टि गरेको छ ।

अमेरिकी डलर सिक्का (यूएसडीसी) एक स्थिर कोइन क्रिप्टोकरेन्सी हो । जसको मान अमेरिकीडलरमा सिधा पेग गरिएको छ । बीएनवाई मेलन, ब्ल्याकरक इंक र मास्टरकार्ड इंकलगायत वित्तीय फर्फहरुले लगानी र भुक्तानी गर्नका लागि क्रिप्टो मुद्राको अधिक प्रयोग गर्न उद्देश्यको रुपमा भिसाले उक्त कदम चालेको हो ।

टेस्ला इंकका सञ्चालन एलोन मस्क, क्रिप्टोकरेन्सीको प्रमुख समर्थकले गत हप्ता भनेका थिए कि उपभोक्ताले बिटकोइनमार्फत इलेक्ट्रिक सवारीहरु किन्न सक्छन् । मस्कको उक्त घोषणाले डिजिटल मुद्राको प्रयोगकर्तालाई थप उत्साह प्रदान गरेको छ ।


पुष्प दुलाल