‘काठमाडौं वर्ल्ड स्कुलले ‘ए लेभल’ पढाउने, सवा १ अर्ब ऋणका लागि रेटिङ



काठमाडौं । भक्तपुरमा सञ्चालन भइरहेको काठमाडौं वर्ल्ड स्कुल नेपालको महंगो विद्यालयमध्येमा पर्छ ।

अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने उद्देश्यबाट शुरु भएको यो विद्यालयले निकट भविष्यमै बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको ‘ए लेभल’ को पढाइ शुरु गर्ने तयारी गरेको छ ।

विद्यालयमा हाल कक्षा १ देखि १२ कक्षासम्म अध्यापन हुँदै आएको छ । कोरोना महामारीका कारण बन्द भएको विद्यालयको सञ्चालन खर्च बढेको र सन् २०२१ को शैक्षिक सत्रमा कम संख्यामा विद्यार्थी भर्ना भएको उल्लेख गरेको छ ।

कम्पनीले सन् २०२० मा ५ करोड २० लाख ९० हजार रुपैयाँ आम्दानी गरेको छ । जुन सन् २०१९ को तुलनामा १ करोड ८० लाख ३० हजारद रुपैयाँले बढी हो । कम्पनीले सन् २०१९ मा ३ करोड ४० लाख ९० हजार कमाएको थियो ।

सन् २०१५ मा स्थापना भएको अष्टांग एजुकेशले कक्षा १ देखि १२ सम्म अध्यापन हुने काठमाडौं वर्ल्ड स्कुलरु सञ्चालन गरिरहेको छ । कम्पनीमा ३६ जना व्यक्तिगत र संस्थापक सेयर होल्डरहरु छन् । कम्पनीले निकट भविष्यमै क्याम्ब्रिजको ए लेभल अध्यापन गराउने समेत योजना बनाएको छ ।

कम्पनीले हालै १ अर्ब २६ करोडको ३० लाख रुपैयाँका लागि रेटिङसमेत गराएको छ । कम्पनीमा नेपाल पोर्टफोलियो इन्भेष्टमेन्ट कम्पनी, खगेन्द्र ओझा र सीजी स्कुल प्रालि लगायतको स्वामित्व छ ।


पुष्प दुलाल