अजोड इन्स्योरेन्सले हकप्रद दिने



काठमाडौं । अजोड इन्स्योरेन्सले सेयरधनीलाई हकप्रद दिने भएको छ । यसका लागि कम्पनीले साधारण सभामा विशेष प्रस्तावका रुपमा पेश गर्ने भएको छ ।

कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको ५० प्रतिशत अर्थात् २ कित्ता बराबर १ कित्ताका दरले हकप्रद जारी गर्ने भएको हो ।

कम्पनीको वार्षिक साधारणसभा आगामी बैशाख ७ गते मंगलबार त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा बिहान ११ बजे बस्नेछ ।

 


क्लिकमान्डु