दुई सातामै २४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ५१ अर्ब रुपैयाँ कर्जा थप
काठमाडौं । बैंकहरुले १४ दिनमा नै २४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
नेपाल बैंकर्स संघको तथ्यांकअनुसार सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले फागुन मसान्तसम्म ३८ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन चैत १३ गतेसम्म आइपुग्दा २४ अर्ब रुपैयाँले बढेर ३८ खर्ब ५० अर्ब रुपैयाँ पुर्याएका छन् ।
साथै, फागुन २८ गतेसम्म ३४ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चैत १३ गतेसम्म आइपुग्दा ५१ अर्ब रुपैयाँले बढेर ३४ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।
यसैगरी, चैत ६ गतेसम्म बैंकहरुले ३८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन एक साताको बीचमा नै निक्षेपतर्फ १० अर्ब रुपैयाँ र कर्जा प्रवाह २८ अर्ब रुपैयाँ थप भएको हो ।
बढ्दो आयातका कारण बैंकमा कार्जाको माग बढेको बैंकरहरु बताउँछन् ।