चितवनको आकर्षण बन्दै नारायणी विच क्याफे



चितवन । नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्ला दिनमा आन्तरिक पर्यटकको भिड बढ्न थालेको छ । नारायणीमा नदीमा मोटरबोट चढेर मज्जा लिने तथा नदी किनारामा बसेर स्वादिष्ट खाना तथा खाजा खान पाइने भएपछि आन्तरिक पर्यटकको भिड बड्न थालेको हो ।

नदी किनारामा किनारामा बसेर स्वादिष्ट खान पाइनुका साथै मनोरम दृष्य हेर्न पाइने भएपछि नारायणी विच क्याफे धेरैको रोजाइमा पर्न सफल भएको छ ।

क्याफेले आफ्नै फार्ममा उत्पादित खसी, लोकल कुखुरा, कडकनाथ, टर्की, हाँस, माछालगायतका उत्पादनहरु प्रयोग गरेर स्वादिष्ट परिकार बनाउने पनि यसको लोकप्रियता बढेको हो ।

साथै, रेष्टुरेन्टमा इण्डियन, कन्टिनेनटल लगायतका खानाका साथै स्थानीय परिकारलाई विशेष महत्व दिएको छ ।

साँझको समयमा नारायणी नदीको सुस्केरासँगै कक्टेल र मक्टेलको मज्जा लिन पाइने व्यवस्था क्याफेले गरेको छ । रेष्टुरेन्टको डिजाइन र सजावटलाई पनि आकर्षक ढंगले बुटिक रेष्टुरेन्टका रुपमा विकास गरिएको हुनाले थप आनन्द महशुस हुने गर्दछ । 


पुष्प दुलाल