५ अंकले घट्यो नेप्से, सबैभन्दा बढी गुमाउनेमा चन्द्रागिरि हिल्स
काठमाडौं । सोमबार सेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक ५.४५ अंकले घटेर २५४३.५२ अंकमा सीमित भएको छ ।
यो दिन ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर ४ अर्ब ४१ करोड ३४ लाख ५ हजार २९ रुपैयाँमा कारोबार भएको छ । आज ८२ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यसैगरी १०२ कम्पनीको सेयर मूल्य घट्दा १८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
सोमबारको कारोबारमा चन्द्रागिरि हिल्सको सेयर मूल्यमा गिरावट देखिएको छ । दोस्रो बजारमा सूचिकृत भएदेखि लगातार सकारात्मक सर्किट हानेको चन्द्रागिरि हिल्सको सेयर मूल्य ७.१७ प्रतिशतले घटेर १९३० रुपैयाँमा झरेको छ । आजको दिन मात्रै चन्द्रागिरि हिल्स कम्पनीको १ लाख ८३ हजार ६२३ कित्ता सेयर ३७ करोड ७ लाख ७६ हजार ४९० रुपैयाँमा कारोबार भएको छ ।
यो दिन सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स, महिला लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था र रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी छन् ।
त्यसैगरी कारोबार रकमका आधारमा सबैभन्दा अगाडि नेपाल इन्फ्रास्ट्रक्चर बैंक, माथिल्लो तामाकोसी, चन्द्रागिरि हिल्स, नेपाल बंगलादेश बैंक र एआइडीसीएल छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउनेमा चन्द्रागिरि हिल्स, माउण्टेन हाइड्रो नेपाल, साल्ट ट्रेडिङ, कालिका पावर कम्पनी छन् ।