काठमाडौंमा नगदबिना बाँच्न सकिन्छ कि सकिँदैन ? (भिडियोसहित)



काठमाडौं । सरकारले डिजिटल नेपालको अभियान नै सञ्चालन गर्दै आएको छ । र, त्यसलाई साकार पार्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तरकारी बजारदेखि सामान्यभन्दा सामान्य स्थानमा पनि क्यूआर कोड भुक्तानी उद्घाटन गर्दै हिँडिरहेका छन् ।

गभर्नरको यो सक्रियाले धेरै ठाउँमा क्यूआर कोडको कारोबार हुन थालिसकेको छ । क्यूआर कोड भुक्तनी प्रणालीको क्रान्ति नै हो ।

गभर्नर अधिकारी आफूले हस्ताक्षर गरेको नोट सकेसम्म नचलाइदिन आग्रह गरिरहेका छन् । नोटको कारोबार असुरक्षित मात्रै होइन, अपारदर्शी पनि हुने निष्कर्श निकाल्दै राष्ट्र बैंकले क्यूआर कोड लगायत विद्युतीय भुक्तानीको अभियान नै सञ्चालन गरेको छ ।

फोन पेको सहकार्यमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न स्थानमा क्यूआर कोड राखेका छन् । क्यूआर कोड राख्दैमा डिजिटल नेपाल भइहाल्छ भन्ने छैन । तर विस्तारै आम सर्वसाधारण यसको प्रयोग गर्न थालेका छन् ।

तपाईंको खल्तीमा नगद छैन । तर, बैंक खतामा पैसा छ । र, तपाईंको सातमा मोवाइल फोन छ भने तपाईं काठमाडौंमा बाँच्न सक्नुहुन्छ कि हुँदैन होला ? यसबारे आज हामी भिडियो सामाग्री प्रस्तुत गर्न गइरहेका छन् ।

हेर्नुहोस् भिडियो


पुष्प दुलाल