ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट शुरु भएको छ । कम्पनीले आज आइपीओ बाँडफाँट गर्न लागेको हो ।
कम्पनीले गत फागनु २१ गतेदेखि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये ३ लाख ३० हजार कित्ता सेयर कर्मचारी र ३ लाख ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।
कम्पनीको आइपीओमा हालसम्मकै सबैभन्दा बढी आवेदन परेको छ । एनएमबि क्यापिटलका अनुसार ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा कुल १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जुन ६.४० गुणा बढी हो ।