राष्ट्रिय अनुसन्धान विभागमा १ सय ४ जनालाई जागिरको अवसर



काठमाडौं ।   राष्ट्रिय अनुसन्धान विभागले जागिर खुलाएको छ । शुक्रबार विभागले सूचना प्रकाशित गर्दै विभिन्न पदमा १०४ जनाका लागि आवेदन आह्वान गरेको हो ।

जसमा अनुसन्धान अधिकृत २१ जना, अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जनाका लागि दरखास्त आह्वान गरेको छ । विभागले खुल्ला तथा समावेशी तबरले दरखास्त आह्वान गर्दै योग्यता पुगेको इच्छुक आवेदकले ०७८ बैशाख १२ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर बैशाख १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

तर दरखास्त दिने आवेदकको हकमा विभागले मापदण्ड तोकेको छ । जसमा अनुसन्धान अधिकृतमा आवेदन दिनका लागि ०४७ सालदेखि ०५६ सालभित्र जन्म भएको, अनुसन्धान सहायकका लागि ०४७ सालदेखि ०५९ सालभित्र जन्म भएको र सहायक सूचकका लागि आवेदन दिन ०५२ सालदेखि ०५९ सालभित्र जन्म भएको हुनुपर्ने विभागले उल्लेख गरेको छ ।


क्लिकमान्डु