ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँट हुने



काठमाडौं । ज्याति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ भोलि शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीले नियुक्त गरेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटललका सीइओ श्रीजेश घिमिरेले चैत १३ गते शुक्रबार १२ बजे आइपीओ बाँडफाँट गरिने जानकारी दिए ।

कम्पनीले गत फागनु २१ गतेदेखि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये ३ लाख ३० हजार कित्ता सेयर कर्मचारी र ३ लाख ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीको आइपीओमा हालसम्मकै सबैभन्दा बढी आवेदन परेको छ । एनएमबि क्यापिटलका अनुसार ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा कुल १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जुन ६.४० गुणा बढी हो ।


क्लिकमान्डु