नेप्से २१ अंकले घट्दा, चन्द्रागिरि हिल्सको सेयर बढेको बढ्यै
काठमाडौं । साताको अन्तिम दिनको कारोबारमा बिहीबार नेप्से परिसूचक २१.२९ अंकले घटेर २५४८.९६ अंकमा झरेको छ ।
आजको कारोबारमा ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा १४८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी २० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आजको दिन १ करोड २५ लाख ४८ हजार १४६ कित्ता सेयर ६ अर्ब ५० करोड ८ लाख ६ हजार ४० रुपैयाँमा कारोबार भएको छ ।
यो दिनको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्य भने निरन्तर बढिरहेको छ । आइपीओ दोस्रो बजारमा सूचिकत भइ कारोबार शुरु भएपछि हरेक दिन कम्पनीको सेयर मूल्य बढिरहेको छ । अहिले चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ७९ रुपैयाँ पुगेको छ ।
आजको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा चन्द्रागिरि हिल्ससहित सपोर्ट माइक्रोफाइनान्स, वोमी लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स र माउण्टेन हाइड्रो कम्पनी छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा नेपाल बंगलादेश बैंक, एनआइबीएल प्रगति फण्ड, हिमालयन उर्जा विकास कम्पनी, सानजेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रो कम्पनी छन् ।
त्यसैगरी सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, माथिल्लो तामाकोसी, सिद्धार्थ इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक र एनएलआइसी छन् ।
उपसमूहतर्फ होटल तथा पर्यटन ४.४५ प्रतिशत, ट्रेडिङतर्फको ३.९४ प्रतिशत र लगानी समूहतफ १.१६ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहहरु नकारात्मक छन् ।