सिद्धार्थ इन्स्योरेन्सद्वारा लाभांश घोषणा



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको चैत ११ गते बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले १ अर्ब चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस सेयर तथा ३.७८ प्रतिशत बजारबरको ३ करोड ७८ लाख ९४ हजार ७३६ रुपैयाँ ८४ पैसा बराबरको नगद लाभांश (कर समेत) दिने घोषणा गरेको हो ।

प्रस्तावित बोनस तथा नगद लाभांश बीमा समितिको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

 


क्लिकमान्डु