सेयर बजारमा हरियाली, यी कम्पनीले कमाए सबैभन्दा धेरै
काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ४१.३६ अंकले बढेर २५७०.३१ अंकमा बन्द भएको छ । यो दिन १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँमा कारोबार भएको छ ।
उपसमूहतर्फ जलविद्युत् बाहेक सबै क्षेत्रको उपसमूहमा हरियाली छाएको छ । सबैभन्दा बढी होटल तथा पर्यटन उपसमूहको ५.४८ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा साल्ट ट्रेडिङ, एचआइडीसीएल, चन्द्रागिरि हिल्स, आरएसडीसी लघुवित्त र माउन्टेन हाइड्रो छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा राइराङ हाइड्रोपावर, माथिल्लो तामाकोसी, सानजेन जलविद्युत् कम्पनी, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभपलमेण्ट कम्पनी छन् ।