कर्णालीमा बैकर्स संघको वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । नेपाल बैंकर्स संघले कर्णालीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिद्वारा कर्णाली प्रदेशका व्यापारी/ व्यवसायीहरुमा बैंकिङ्ग तथा वित्तीय साक्षरता प्रदान गर्ने प्रमुख उद्धेश्यका साथ २०७७, चैत्र ९ गते विरेन्द्रनगरमा एक दिने बैंकिङ्ग साक्षरता कार्यक्रम संचालन गरेको छ ।
नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राज कुमार शाक्यको अध्यक्षता रहेको सो कार्यक्रममा मुख्य अतिथि नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शालिग्राम पोख्रेल थिए । अतिथिमा उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष धन बहादुर रावत थिए ।
यो कार्यक्रम, व्यापारी÷व्यवसायीमा बैंकिङ्ग, कर्जा, कर तथा डिजिटल बैंकिङ्ग, कृषि सहुलियत योजना, कोभिड–१९ वाट प्रभावित ग्राहकका निम्ति बनाइएका नीति योजनाहरु सम्बन्धी ज्ञान र चेतनामा आधारित सूचनामुलक थियो । प्रत्येक बैंकवाट मनोनयन भएका ९५ ग्राहक वर्गवाट सहभागिता रहेको यस कार्यक्रम अत्यन्त प्रभावकारी भएको थियो र भविष्यमा पुनः यस्ता कार्यक्रमहरु लिएर आउनु पर्छ भन्ने सहभागीहरुको प्रतिक्रिया रहेको छ ।