नेप्से परिसूचक १४ अंकले बढ्यो, चन्द्रागिरिको मूल्य बढ्ने क्रम जारी



काठमाडौं । मंगलबार नेप्से परिसूचक १४.५७ अंकले बढेर २४२८.९५ अंकमा पुगेको छ । यो दिन १ करोड २ लाख ७६ हजार ७१० कित्ता सेयर ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन ९८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६६ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् भने १४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन सबैभन्दा कमाउने शीर्ष कम्पनीमा साल्ट ट्रेडिङ, चन्द्रागिरि हिल्स, रसुवागढी हाइड्रोपावर, कालिका पावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनी छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा पञ्चकन्या माइ हाइड्रोपावर, सप्तकोसी डेभलपमेण्ट बैंक, हिमालयन पावर पार्टनर, अरुण भ्याली हाइड्रोपावर र युनाइटेड फाइनान्स लिमिटेड छन् ।

चन्द्रागिरि हिल्सको कारोबार आज पनि लगातार बढेर प्रतिकित्ता सेयर मूल्य १ हजार ७१९ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य दोस्रो बजारमा सूचिकृत भएदेखि लगातार बढिरहेको छ ।

यता जलविद्युततर्फ माथिल्लो तामाकोसीको सेयर मूल्य पनि उसैगरी बढेको छ ।


क्लिकमान्डु