एक सातामा वाणिज्य बैंकमा १४ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह २३ अर्बले बढ्यो



काठमाडौं । पछिल्लो एक महिनामा वाणिज्य बैंकमा १४ अर्ब रुपैयाँले निक्षेप थपिँदा कर्जा प्रवाह २३ अर्ब रुपैयाँले बढेको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार गत फागुन २८ गतेदेखि चैत ६ गतेसम्ममा निक्षेप १४ अर्ब रुपैयाँले बढेर ३८ खर्ब ४० अर्ब पुगेको छ । जसमध्ये स्वदेशी मुद्रामा निक्षेप १५ अर्ब रुपैयाँले बढेर ३७ खर्ब ३२ अर्ब पुगेको छ भने विदेशी मुद्रामा हुने निक्षेप १ अर्ब रुपैयाँले घटेर १ खर्ब ८ अर्ब पुगेको छ ।

त्यसैगरी कर्जा प्रवाह भने २३ अर्बले बढेर ३४ खर्ब ३५ अर्ब पुगेको छ । जसमध्ये स्वदेशी मुद्राको कर्जा प्रवाह २२ अर्ब रुपैयाँले बढेर ३३ खर्ब ४ अर्ब पुगेको छ भने विदेशी मुद्रामा हुने कर्जा प्रवाह १ अर्बले बढेर १ खर्ब ३१ अर्ब पुगेको छ ।


क्लिकमान्डु