तिनाउ मिसनलाई प्राप्ति गरेको सिटिजन्स बैंकको एकीकृत कारोबार चैत १४ गतेदेखि
काठमाडौं । तिनाउ विकास बैंकलाई प्राप्ति गरेको सिटिजन्स बैंकले चैत १४ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ ।
एक्विजिसनपछि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका नामबाट कारोबार शुरु गर्नेछ ।
यसका लागि बैंकले दुबै संस्थाको विवरणलाई एउटै सफ्टवेयरबाट बारोबार गर्न डाटा मेटिगेसन गर्नुपर्ने भएकाले चैत १३ गते ३ बजेपछि १४ गतेसम्म दुबै संस्थाको बैंकिङ सेवा, एटीएम सेवा, क्रेडिट र डेबिड कार्ड सेवा, मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, होलिडे काउन्टर तथा सन्ध्याकालिन काउन्टरलगायतका सबै सेवा बन्द हुनेछन् ।