किसान लघुवित्तको दोस्रो बजारको कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टिकरण
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारको कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज सूचना प्रकाशित गरी कम्पनीको दोस्रो बजारको कारोबार रोक्का राखी स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।
कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले १ः१ अनुपातमो सेयरधनीलाई हकप्रद सेयर जारी गर्ने र पुनः संशोधन गर्दै उक्त प्रस्ताव हटाइएको र धितोपत्र सूचिकरण नियमावली अनुसार नेप्सेमा धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना तथा जानकारी सृजना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पठाउनु पर्ने भए पनि सो नगरेका कारण ३ दिनभित्र स्पष्टिकरण सोध्ने निर्णय भएको सूचनामा उल्लेख छ ।