उन्नती लघुवित्तले एफपीओ जारी गर्ने

154
Shares

काठमाडौं । उन्नती लघुवित्त वित्तीय संस्थाले एफपीओ (फर्दर पब्लिक इस्यू) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले वार्षिक साधारणसभामा विशेष प्रस्तावका रुपमा पेश गर्ने भएको छ ।

यसअघि सञ्चालक समितिले २०७७ असार मसान्तसम्म कायम रहेको चुक्तापुँजीको १७.८१ प्रतिशत बोनस सेयर स्वीकृत गर्ने र त्यसपश्चात कायम हुने सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार बराबरको पुनः सर्वसाधारणलाई धितोपत्रको थप निष्कासन जारी गर्ने प्रस्ताव पारित गर्ने उल्लेख गरेको छ ।

एफपीओ जारी भएपछि चुक्तापुँजी १८ करोड ९८ लाख ९७ हजार ७०६ रुपैयाँ कायम हुनेछ ।

साथै कम्पनीले साधारणसभामा मर्जरका लागि पनि बाटो खुला गर्ने निर्णय गर्नेछ । यसका लागि भविष्यमा वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई गाम्ने वा संस्थासँग गाभिने वा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने समेत निर्णय गरेको छ ।