नेप्से २४ अंकले घट्यो, चन्द्रागिरिको सेयरमा आज पनि सर्किट
काठमाडौं । साताको पहिलो दिन बढेको सेयर बजार दोस्रो दिन ओरालो लागेको छ । सोमबारको कारोबारमा नेप्से परिसूचक २४.०८ अंकले घटेर २५१४.३९ अंकमा सीमित भएको छ ।
यो दिनको कारोबारमा होटल तथा पर्यटन र जलविद्युत् बाहेकको उपसमूह राताम्मे भएको छ । आइतबार घटेको जलविद्युत् कम्पनीको सेयर मूल्य सोमबार भने बढेको छ ।
यो दिन १ करोड ९ लाख ३१ हजार २५८ कित्ता सेयर ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँमा कारोबार भएको छ ।
आजको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा माथिल्लो तामाकोसी, चन्द्रागिरि हिल्स, अरुण भ्याली हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र वोमी माइक्रोफाइनान्स वित्तीय संस्था छन् भने सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा प्रुडेन्सियल इन्स्योरेन्स, सपार्ट माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक छन् ।