सेयर बजारः माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल हुँदा जलविद्युत् कम्पनीका सेयरधनीले गुमाए
काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ६३.३८ अंकले बढेर २५३८.४७ अंकमा पुगेको छ । साताको पहिलो दिन आइतबार १ करोड २४ लाख ३० हजार २ कित्ता सेयर ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ रुपैयाँमा कारोबार भएको छ ।
आजको कारोबारमा १५७ कम्पनीका सेयरधनीको सम्पत्ति बढ्दा ३८ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।
आजको कारोबारमा सबैभन्दा धेरै कमाउने शीर्ष कम्पनीमा स्वरोजगार लघुवित्त विकास, मिथिला लघुवित्त वित्तीय संस्था, सुर्योदय लघुवित्त वित्तीय संस्था, सामूदायिक लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, चन्द्रागिरि हिल्स, किसान लघुवित्त, स्वाभिमान लघुवित्त, युनाइटेड इडी मर्दी आरबी हाइड्रो र सबैको लघुवित्त वित्तीय संस्था छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा ग्रीनलाइफ हाइड्रोपावर, खानीखोला हाइड्रो, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, दिव्यश्वरी हाइड्रो, नबिल प्रगति फण्ड, हिमालयन उर्जा विकास कम्पनी, युनियन हाइड्रो, राइर्याङ हाइड्रोपावर र अरुण भ्याली हाइड्रो कम्पनी छन् ।