नेप्सेको स्पष्टिकरणमा निफ्राको जवाफ, भन्यो- बण्ड जारी गर्ने कुरा पहिले नै खुलाइएको हो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोधेको स्पष्टिकरणमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले जवाफ पठाएको छ ।

बैंकले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीतिभित्र कै एक हिस्सा रहेको र बैंकले आफ्ना वार्षिक प्रतिवेदन र साधारण सेयर निष्कासनका लागि तयार पारेको विवरणपत्रमा समेत यसअघि नै खुलस्त पारिसकेको बताएको छ ।

यसका लागि बैंकले सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने केही सहमति तथा स्वीकृतिहरु लिइरसकेको बताउँदै यसलाई अन्तिमरुप दिनका लागि आवश्यक सहमति, स्वीकृतिहरु लिँदै यथाशक्य छिटो तोकिएको ब्याजदरमा बण्ड जारी गर्ने र सम्बन्धित स्टक एक्सचेञ्जमा सूचिकृत गराउने गरी बैंक अघि बढिरहेको स्पष्ट पारेको छ ।

बैंकले लाभांशको हकमा आइपीओ निष्कासनका लागि प्रकाशित विवरणपत्रमा आर्थिक वर्ष २०७७/७८ मा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण रहेको बताएका छ ।


क्लिकमान्डु