नक्कली विल बनाएर राजस्व छली गर्ने ३ जनाविरुद्ध करिब २ करोड बिगो माग गर्दै मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिल बनाएर राजस्व ठगी गर्ने ३ जनाविरुद्ध १ करोड ८९ लाख २७ हजार ११२ रुपैयाँको बिगो दावीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

विभागले भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित सन्तोषी÷लोहनी जेभी, सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक, प्रबन्ध निर्देशक तथा पार्टनर र मुख्य कारोबारी केशवराज कँडेलसमेत ३ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो ।

उनीहरुले आर्थिक प्रलोभन देखाइ सर्वसाधारण व्यक्तिको नागरिकता र सहीछाप दुरुपयोग गरी त्यस्ता व्यक्तिहरुको नाममा राजस्व चुहावट गर्ने उद्देश्यले फर्महरु खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्रै खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको विभागको भनाइ छ ।

उनीहरुले मुअकरतर्फ ६७ लाख ९५ हजार ६५६ रुपैयाँ र आयकरतर्फ १ करोड २१ लाख ३१ हजार ४५७ रुपैयाँ राजस्व चुहावट गरेको आरोप विभागले लगाएको छ ।


क्लिकमान्डु