नेपाल फाइनान्सले गैडाकोटमा शाखा खोल्यो



काठमाडौं । नेपाल फाइनान्सले नवलपुरको गैडाकोटमा शाखा खोलेको छ ।

गैडाकोट नगरपालिका ४ मा खोलिएको शाखाको उद्घाटन संचालक समिति अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले गरे ।

। कार्यक्रममा संस्थाका संचालकहरु चन्द्र कुमार राई , दिप्रश शाक्य , राजन प्रजापती , प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलिया , सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतम ,स्थानीय बुद्धिजीवी तथा प्रतिष्ठित व्याबसायीहरु महेन्द्रध्वज जिसी , अमृत भट्टचन , गोपाल सापकोटा चित्रध्वज जि.सी लगायतको उपस्थिति रहेको थियो ।

निजी क्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका २८ कमलादीमा केन्द्रिय कार्यालय सहित ललितपुरको पुल्चोक ,बनेपामा र रुपन्देहीको मुर्गिया शाखा कार्यालय संचालनमा ल्याइसकेको छ ।

त्यसैगरी नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरीसकेको छ । ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्ता पूँजी करिब ५५ करोड पुग्ने छ ।

त्यसैगरी यस संस्थाले कास्कीको माच्छापुच्छे« गाउपालिका , जनकपुरको धनुषाधाम ,हेटौडामा शाखा कार्यालय र काठमाडौको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टर यो आर्थिक वर्षम संचालनमा ल्याउने छ ।


क्लिकमान्डु