सेयर बजारमा हरियाली छाउँदा ४० अंकले बढ्यो नेप्से, यी कम्पनीले कमाए सबैभन्दा धेरै



काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ ।

बुधबार नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१५ अंकमा पुगेको छ ।

यो दिन ८६ लाख २६ हजार ६६७ कित्ता सेयर ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७७ रुपैयाँमा किनबेच तभएको छ ।

आज सबैभन्दा धेरे कमाउने शीर्ष कम्पनीमा चन्द्रागिरि हिल्स, जोशी हाइड्रेपावर, ग्रीनलाइफ हाइड्रोपावर, युनाइटेड इडी मर्दी आरबी हाइड्रोपावर र पञ्चकन्या माइ हाइइड्रोपावर कम्पनी छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष ५ कम्पनीमा घलेम्दी हाइड्रो, गुडविल फाइनान्स, गहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी र बैंक अफ काठमाडौं छन् ।


क्लिकमान्डु