सिटिजन्स बैंकलाई तिनाउ मिसन गाभ्न राष्ट्र बैंकको स्वीकृति, एक महिनाभित्र एकीकृत कारोबार हुने
काठमाडौं । काठमाडौं । सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकको मर्जरलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । मंगलबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको हो ।
‘पहिलो गरेको सम्झौता अनुसार नै सेयर स्वाप रेसीयो कायम गरी हिजो बसेको सञ्चालक समितिले सिटिजन्स र तिनाउलाई प्राप्तिको अन्तिम स्वीकृति दिएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘प्राप्तिको अन्तिम स्वीकृति दिएको दिनदेखि १ महिना भित्र एकिकृत कारोबार गर्न यी बैंकहरुलाई निर्देशन दिइएको छ ।’
जसअनुसार सिटिजन्स बैंक र तिनाउ मिसनले बैशाख ४ गतेभित्र एकिकृत कारोबार गरिसक्नु पर्नेछ ।
प्राप्ति पछि एकिकृतिमा सिजिटन्सको सेयर स्वाप रेसीयो १०० र तिनाउ मिसनको ९६ हुनेछ ।
यी बैंकहरु गत काक्तिकमा नै प्राप्तिको सम्झौता गरी राष्ट्र बैंकमा अन्तिम स्वीकृतिको पाइपलाइनमा थिए ।