सर्वोत्तम सिमेन्टले तोक्यो बिक्री प्रबन्धक, आईपीओ जारी गरेको ३ महिनामै ३५% लाभांश दिने



काठमाडौं । सर्वोत्तम सिमेन्टको साधारण सेयर (आइपीओ) जारी गर्नका लागि बिक्री प्रबन्धक तोकेको छ । बुक विल्डिङ विधिमार्फत् आईपिओ निष्काशन गर्ने लागेको कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धकमा चयन गरेको हो ।

यसका साथै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक तोकेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जसको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता आइपीओ जारी गर्ने लागेको हो । बुक विल्डिङ विधिमार्फत् आईपीओको न्यूनतम मूल्य ७५० रुपैयाँ तय गरिनेछ । तर बिक्री मूल्यको तल्लो सीमा त्यसको २० प्रतिशत कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २० प्रतिशतले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ३ महिना भित्रै लगानीकर्तालाई १० प्रतिशत बोनश र २५ प्रतिशत नगद लाभांश दिने बताएको छ ।

जारी गरिने कुल ६० लाख कित्ता आइपीओमध्ये २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ ।


क्लिकमान्डु