आकर्षक तलब सुविधा दिने नबिल बैंकले माग्यो ८९ जना कर्मचारी



काठमाडौं । नबिल बैंकले रोजगारी खुलाएको छ । बैंकले बुधबार सार्वजनिक सूचना मार्फत ८९ जना कर्मचारीका लागि आवेदन खुलाएको हो ।

बैंकले १५ जना म्यानेजमेन्ट ट्रेनी, ७० जना ट्रेनी एसिस्टेन्ट र ४ जना आईटी विभागका लागि  एसिस्टेन्ट माग गरेको हो ।

योग्यता पुगेका इच्छुक चैत १० गतेभित्र आवेदन बुझाइ सक्नुपर्ने छ । दरखास्त दिनेले नबिल बैंक र मेरोजबको वेबसाईटमा गएर आवेदन दिन सक्छनेछन् ।


क्लिकमान्डु