नेपाल बैंकले सीआइटीमा रहेको ४ लाख ६८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने



काठमाडौं । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक सेयर बिक्री खुल्ला गरेको छ ।

बैंकले सीआईटीको ४ लाख ६८ हजार ८ सय २८ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने चैत ३ गते (आजदेखि) चैत १७ गतेसम्मका लागि आवेदन खुल्ला गरेको हो ।

जसमा इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्तासम्म आवेदन दिनु पर्नेछ । तर सो सेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र आवेदन दिन पाउनेछन् ।

बैंकले सीआइटीको सेयर प्रतिकित्ता न्यूनतम १ हजार ५ सय २ रुपैयाँ ५० पैसा मूल्य तोकेर लिलामीमा बिक्री गर्न लागेको हो । बैंकको सीआइटीको उक्त संस्थापक सेयर बिक्री गरी ७० करोड ४४ लाख १४ हजार ७० रुपैयाँ आम्दानी हुने देखिन्छ ।

इच्छुक आवेदकले एनआइबिल एस क्यापिटलमा बोलपत्र आवेदन बुझाउनुपर्ने छ ।


क्लिकमान्डु