सारथी नेपाल लघुवित्तले घोषणा गर्यो संशोधित लाभांश



काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

नेपाल लघुवित्त वित्तीय संस्थाको मर्जर पश्चात स्वीकृत चुक्तापुँजी बमोजिम आव २०७६/७७ को वित्तीय विवरण संशोधन गरी पेश गर्न निर्देशन दिए बमोजिम र वित्तीय संस्थाको मर्जर पश्चातको स्वीकृत चुक्तापुँजीको आधारमा समेत बोनस सेयर जारी गर्नुपर्ने भएकाले नयाँ लभांश घोषणा गरेको हो ।

पूर्व प्रस्तावित बोनस सेयर जारी गर्ने दरमा समेत परिर्वतन भएको हुँदा संशोधन अनुसार साविक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ८.१२ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करवापत ०.४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश साविक नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको चुक्तापुँजीको २० प्रतिशत मात्र हो ।


क्लिकमान्डु