मुद्दति खातामा नबिल बैंकले ७.५१ प्रतिशत ब्याज दिने



काठमाडौं । नबिल बैंकले निक्षेपको ब्याजदर बढाएको छ । बैंकले बचतकर्ताका लागि सुनौलो अवसर योजना सार्वजनिक गर्दै ७.५१ प्रतिशत ब्याजदर योजना ल्याएको हो ।

‘नगुममाउनु होस् यो सुनौला अवसर, नबिल बैंकको मुद्दति खातामा उच्च ब्याजदर’ नाराका साथ चैत १ गतेदेखि शुरु भएको सो योजनामा चैत ३१ गतेसम्म ६ महिनाभन्दा बढी समयका लागि मुद्दति खाता खोल्ने बचतकर्ताले ७.५१ प्रतिशत ब्याजदर पाउने बैंकले जनाएको छ । जुन हाल अन्य बैंकहरुले निक्षेपकर्तालाई दिएको ब्याजमध्ये सर्वाधिक बढी हो ।

बैंकले घोषणा गरेको निक्षेपको ब्याजदर सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरु दिइरेहको निक्षेपको ब्याजमा सबैभन्दा बढी हो । बैंकहरुमा तरलता सहज भएर निक्षेपको ब्याज घटेको अहिलेको अवस्था छ । यस्तो अवस्थामा आफ्ना निक्षेपकर्तालाई राहत दिन सो योजना ल्याएको बैंकका प्रमुख – खुद्रा दायित्व ब्यबस्थापन तथा कर्पोरेट कम्युनिकेसन कृष्ण सुवेदीले बताए ।

‘निक्षेपकर्तालाई राहत दिने उदेश्यले यो स्कीम ल्याइएको हो,’ उनले भने ‘जसमा ६ महिनाभन्दा माथिको व्यक्तिगत मुद्दति खातामा कुनै पनि शर्त नराखि १ महिनाको अवधिका लागि ग्राहकलाई योजना ल्याइएको हो ।’

हाल बैंकले साधारण बचतकर्तालाई न्यूनतम २.५१ प्रतिशतदेखि ४.५१ प्रतिशतसम्म ब्याजदर दिइरहेको छ । १ महिने योजना बाहेककोे ३ महिना व्यक्तिगत मुद्दति खातामा बैंकले ६.०१ प्रतिशत र सबै संस्थागत मुद्दति खातामा ४ प्रतिशतदेखि ६.५० प्रतिशत ब्याजदर दिइरहेको छ ।


क्लिकमान्डु