स्थानीयको विरोधका बीच बालाजु बाइपासमा रातारात पिचको काम शुरु



काठमाडौं । बालाजु बाइपासदेखि बाइसधारातर्फ जाने करिब ५ सय मिटरबाटोमा पिच गर्ने काम शुरु भएको छ । आइतबार रातिदेखि पिच गर्ने काम शुरु भएको हो ।

स्थानीयबासीहरुको विरोधका बावजुत पिच गर्ने कार्य शुरु भएको छ । यता स्थानीयहरुले विरोध जारी राखेका छन् ।

यसअघि उक्त क्षेत्रमा ३९ वटा घर बिस्थापित भएका थिए । पीडितहरुले आफूले भने अनुसारको मुआब्जा नपाएको तथा अदालतको आदेश देखाउँदै बाटो पिच गर्ने काममा अवरोध गर्दैै आएका थिए ।

सर्वोच्च अदालतले स्टे अर्डर दिए पनि बाटो पिचको काम अगाडि बढाएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । उनीहरुले बाटोमा दुबैतर्फबाट ७/७ मिटर छाड्नु पर्ने भए पनि एकातर्फीरुपमा मात्रै काम अगाडि बढाइएको भन्दै उनीहरुले विरोधमा उत्रिएका हुन् ।


क्लिकमान्डु