सेयर बजार राताम्मे, नेप्से ५१ अंकले घट्दा यी कम्पनीले कमाए सबैभन्दा धेरै



काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । आजको कारोबारमा १५१ कम्पनीको सेयर मूल्य घट्दा १५ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आज नेप्से परिसूचक ५१.२३ अंकले घटेर २४०७.२६ अंकमा आइपुगेको छ । यो दिन ९९ लाख ३ हजार ७०४ कित्ता सेयर कुल ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

उपसमूहतर्फ होटल तथा पर्यटन र जलविद्यूत् बाहेक सबै उपसूचक राताम्मे भएका छन् । होटल तथा पर्यटन क्षेत्रको उपसमूह २.५४ प्रतिशत र जलविद्युत उपसमूह २.३२ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा सबैभन्दा अगाडि चन्द्रागिरि हिल्स छ । कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशतले बढेर ८८४ रुपैयाँ पुगेको छ । त्यसैगरी माथिल्लो तामाकोसी, पञ्चकन्या माइ हाइड्रोपावर, घलेम्दी हाइड्रो लिमिटेड, राइराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको सबैभन्दा बढी सेयर मूल्य बढेको छ ।

त्यसैगरी सबैभन्दा गुमाउने शीर्ष ५ कम्पनीमा हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, नेपाल टेलिकम, शीखर इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनी छन् ।


क्लिकमान्डु