ग्लोबल आइएमई बैंकले ३ अर्बको डिबेञ्चर आजदेखि, ब्याजदर कति ?



काठमाडौं । ग्लोबल आइएमई बैंकले ३ अर्ब रुपैयाँको डिबेञ्चर आजदेखि खुला गरेको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक ८.५ प्रतिशत ब्यादजदर भएको ‘ग्लोबल आइएमई डिबेञ्चर २०८६/८७’ निष्कासन तथा बिक्री खुला गरेको हो ।

बैंकले १ हजार रुपैया अंकित मूल्यका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपुँजीमध्ये १८ लाख कित्ता ऋणपुँजीले हुन आउने कुल १ अर्ब ८० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्तँ ऋणपत्रले हुन आउने कुल रकम १ अर्ब २० करोड ऋणपुँजी रकम सर्वसाधरणका लागि आजदेखि निष्कासन तथा बिक्री खुला गरिएको हो ।

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । ऋणपत्र निष्कासन बन्द छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गते हुनेछ ।


क्लिकमान्डु