कुमारी र नेपाल एसबीआई बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर
काठमाडौं । कुमारी र नेपाल एसबीआई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कुमारी बैंक र नेपाल एसबीआई बैंकले चैत्र महिनाका लागि बिहीबार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
कुमारी बैंकले नयाँ ब्याजदर अन्तर्गत २१ बचत खातामा न्यूनतम १.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले मुद्दति निक्षेपतर्फ ६.५० प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
त्यसैगरी कर्जातर्फ आधारदरमा अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको आधारदर ७.६१ प्रतिशत छ । उक्त आधार दरलाई आधार मान्दा ओभरड्राफ्ट, टर्म लोन, एजुकेशन लोन, होम लोन, अटो लोनलगायतका कर्जा लिँदा उक्त आधारदरमा अधिकतम थप ७ प्रतिशतसम्म ब्याज लाग्नेछ । बैंकको माघ महिनामा स्प्रेड दर ३.४३ प्रतिशत छ ।
त्यसैगरी नेपाल एसबीआई बैंकले बचत खातातर्फ २९ प्रकारका बचत खातामा न्यूनतम ०.२५ प्रतशितदेखि अधिकतम ३.१६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
कर्जातर्फ बैंकको माघ महिनामा आधारदर ७.३१ प्रतिशत छ । ग्राहकले बैंकबाट कर्जा लिँदा उक्ता आधारदरमा थप १.२५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्नेछ । बैंकको माघ महिनामा स्प्रेडदर ४.०४ प्रतिशत छ ।