बुक बिल्डिङका लागि थप १० कम्पनीले पाए अनुमति, कुल संख्या ७४ पुग्यो



काठमाडौं । बुक बिल्डिङ प्रक्रियाका लागि थप १० वटा कम्पनीले अनुमति पाएका छन् । मंगलबार नेपाल धितोपत्र बोर्डले थप १० वटा कम्पनीलाई संस्थागत लगानीकर्ताका रुपमा अनुमति दिएको छ ।

बोर्डका अनुसार नयाँ १० वटा कम्पनीसँगै कुल संस्थागत लगानीकर्ताको संख्या ७४ पुगेको छ । नयाँ संस्थागत लगानीकर्तामा उष इन्भेष्टमेण्ट, कुमारी बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी एण्ड आर वि हाइड्रोपावर, विशाल ग्रुप लिमिटेड, श्री गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेण्ट, प्रुड्रेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी र सिड इन्फ्रा कम्पनी छन् ।


क्लिकमान्डु