नेप्से परिसूचक ३ अंकले घट्यो, ट्रेडिङ कम्पनीका लगानीकर्ता नाफामा



काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक ३.४ अंकले घटेर २४५८.४८ अंकमा सीमित भएको छ ।

यो दिन ७८ लाख १६ हजार ८७४ कित्ता सेयर ४ अर्ब १० करोड ४ लाख ६ हजार ३३७ रुपैयाँमा कारोबार भएको छ । आज ५३ कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी १५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

आजको दिन सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रो लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स, नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट र साल्ट ट्रेडिङ कम्पनी छन् ।

त्यसैगरी सबैभन्दा गुमाउने शीर्ष ५ कम्पनीमा राइराङ हाइड्रोपावर डेभलपमेण्ट, मिथिला लघुवित्त वित्तीय संस्था, शिखर इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र माहुली सामूदायिक लघुवित्त वित्तीय संस्था छन् ।

उपसमूहतर्फ सबैभन्दा बढी ट्रेडिङतर्फ ८.१५ प्रतिशतले बढेको छ ।

त्यसैगरी बैंकिङ समूह ०.६१, डेभलपमेण्ट बैंक उपसमूह ०.४३ प्रतिशत, निर्जीवन बीमा कम्पनीको १.०१ प्रतिशत, माइक्रोफाइनान्स उपसमूह ०.९४ प्रतिशत, जीवन बीमा कम्पनी ०.७८ प्रतिशत र म्यूचुअल फण्ड उपसमूह ०.२४ प्रतशितले घटेको छ ।

त्यसैगरी लगानी समूह ०.०३ प्रतिशत र होटल तथा लगानी समूह २.२ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु