लोकसेवा आयोगले माग्यो ४९१ जना खरिदार, कसरी दिने आवेदन (विज्ञापनसहित)



काठमाडौं । लोकसेवा आयोगले विभिन्न कार्यालयका लागि ४९१ जना खरिदार माग गरेको छ ।

आयोगले आज एक सूचना प्रकाशित गरी राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदका लागि विज्ञापन खुलाएको हो ।

आयोगले खुला र समावेशीतर्फ ४९१ जना र जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि ४४ जनाका लागि विज्ञापन खुलाएको हो ।

च्छुक उम्मेदवारहरुले चैत १७ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसरी आवेदन दिँदा १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यसैगरी महिला र अपांगता भएकाहरुको हकमा उमेर ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

विज्ञापन


क्लिकमान्डु