एनआइसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार चैत ८ गतेदेखि



काठमाडौं । एनआइसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तको एकीकृत कारोबार चैत ८ गतेदेखि शुरु हुने भएको छ ।

दुबै संस्था एक आपसमा गाभिने काम पूरा भएपछि चैत ८ गतेदेखि एकीकृत कारोबार शुरु हुनेछ । एक आपसमा गाभिएपछि एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुनेछ ।

गाभिएपछि संस्थाको केन्द्रीय कार्यालय इटहरि-९ सुनसरीमा हुनेछ । चैत ८ गतेदेखि एकीकृत कारोबार शुरु हुनु अघि चैत ६  गते बैंकिङ सेवा बन्द हुनेछ ।


क्लिकमान्डु