२३ अंकले घट्यो नेप्से, होटल तथा पर्यटन र जलविद्युतमा आकर्षण
काठमाडौं । राजनीतिक अस्थिरताको असर सेयर बजारमा देखिएको छ । मंगलबार नेप्से परिसूचक २३.२२ अंकले घटेर २४६१.८८ अंकमा सीमित भएको छ ।
यो दिन १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता सेयर ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैयाँमा कारोबार भएको छ ।
यो दिन होटल तथा पर्यटन उपसमूह २.९८, जलविद्युत् १.८ र म्यूचुअल फन्ण्ड ०.०७ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा हिमालयन उर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेपलपर्स, राइराङ हाइड्रो डेभलपमेन्ट र युनाइटेड फाइनान्स छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष ५ कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स, महिला लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, नारायणी डेभलपमेण्ट बैंक, ग्लोवल आइएमई बैंक लिमिटेड कम्पनी छन् ।