विश्वकै लोकप्रिय बियर ‘बडवाइजर’ को उत्पादन नेपालमा शुरु, बोतलको ३५० रुपैयाँ पर्ने



काठमाडौं । विश्वकै लोकप्रिय बियरमा पर्ने ब्राण्ड ‘बडवाइजर’को उत्पादन नेपालमा शुरु भएको छ । मदिरा व्यवसायमा अग्रणी रहेको व्यवसायिक घराना जावलाखेल ग्रुप अफ कम्पनीले ‘बडवाइजर’को नेपालमा भित्राएको हो ।

जावलाखेल ग्रुप अफ कम्पनी अन्तर्गतको राज ब्रुअरीमा ‘बडवाइजर’ बियरको उत्पादन हुन्छ । ‘बडवाइजर’ बियरको उत्पादन गर्नको लागि मात्र कम्पनीले ५० करोड लगानी गरेको थियो ।

नवलपरासीमा रहेको रहेको राज ब्रुअरीको उद्योगमा उत्पादन भएको बियर काठमाडौं उपत्यकामा बजारमा उपलब्ध भइसकेको छ । नेपाली बजारमा ‘बडवाइजर’ बियर ६५० एमएल र ३३० एमएलमा उपलब्ध हुने छ । जसको अधित्तम मूल्य ६५० एमएलको ३५० रुपैयाँ र ३३० एमएलको १८० रुपैयाँ तोकिएको छ ।

कम्पनीले अहिले काठमाडौं उपत्यकामा मात्र उपलब्ध रहेको बियर केही साताभित्रमा नेपालभर उपलब्ध हुने जनाएको छ । राज ब्रुअरीले जर्मन बियर ‘वार्सटाइनर’को समेत उत्पादन गर्छ । यसबाहेक नमस्ते र माउन्टेन आइस बियरको समेत उत्पादन गर्दै आएको छ ।

जावलाखेल ग्रुप अफ कम्पनीले उत्पादन गर्ने डेढ दर्जन ब्राण्डका मदिरामा रुस्लान भोड्का र गोल्डेन ओक सबैभन्दा चर्चित छन् । पछिल्लो समय कम्पनी बियरमा फोकस हुने खोजेको छ ।

विश्वकै लोकप्रिय बियर ‘बडवाइजर’ अबदेखि नेपालमै उत्पादन हुने, मूल्य कति ?

बडवाइजर विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने बियर हो भने अमेरिकामा पनि सबैभन्दा बढी बिक्री हुने बियरमा सबैभन्दा अगाडि छ ।

सन् २०१९ मा मात्रै संसारभरी सबैभन्दा बढी ७५ करोड केस यो बियर बिक्री भएको थियो भने यो बियरको बजार संसारभरी ८० भन्दा बढी देशमा फैलिएको छ ।

सन् २०१८ मा विश्वमा कुल बियर बजारमा बडवाइजरको मात्रै ३० प्रतिशत हिस्सा थियो । कम्पनीले हेइनकेइन बियरसँग प्रतिष्पर्धा गर्नका लागि उत्पादन दोब्बर बनाएको थियो ।

कम्पनीले सन् २०१८ मा ५४.६२ अर्ब डलर र सन् २०१९ मा ५४ अर्ब ६४ करोड डलर आम्दानी गरेको थियो । त्यसैगरी सन् २०२० मा ३.४ प्रतिशतलेल बढेर ५६.५ अर्ब डलर पुगेको छ ।


क्लिकमान्डु