उन्नती सहकार्य लघुवित्तले लाभांश घोषणा गर्यो



काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । संस्थाको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।

संस्थाले सेयरधनीलाई १७.८१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । चुक्तापुँजी १४ करोड ९५ लाख ३६ हजार ६५० को १७.८१०३८७२१ प्रतिशतको हुन आउने २ करोड ६६ लाख ३३ हजार ५६.३८ रुपैयाँ बराबरको लाभांश वापतको बोनस सेयर दिने घोषणा गरेको हो ।

उक्त बोनस सेयर राष्ट्र बैंकको स्वीकृति र साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु