मुक्तिनाथ विकास बैंकका ग्राहकलाई होटल सबरीनामा छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकले बुढानिलकण्ठ स्थित होटल सबरीनाको सेवामा छुट पाउने भएका छन् ।

बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा बैंक र होटलबीच सम्झौता भएको हो । सो सम्झौता पश्चात बैंकका ग्राहकले होटल बसाई, खाना, बेबरेज, बेकरी तथा सोनाको सेवाको भुक्तानी कार्डबाट गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु