ग्लोबल आइएमई बैंकको डिबेञ्चर चैत १ गतेदेखि, ब्याजदर कति ?



काठमाडौं । ग्लोवल आइएमई बैंकले ‘८.५० प्रतिशत ग्लोवल आइएमई बैंक डिबेञ्चर २०८६/८७’ ल्याएको छ । बैंकको उक्त डिबेञ्चरमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।

प्रतिकित्ता अंकित मूल्य १ हजार रुपैयाँ रहेको ३ अर्ब रुपैयाँका डिबेञ्चरमा आगामी चैत १ गतेदेखि छिटोमा चैत ४ गतेसम्म र ढिलोमा चैत १६ गतेसम्म खुल्नेछ ।

बैंकको ३ अर्ब रुपैयाँको डिबेञ्चरमध्ये १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब २० करोड ऋणपुँजी रकम (सोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता डिबेञ्चर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने १८ लाख कित्ता डिबेञ्चरले हुन आउने १ अर्ब ८० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।


क्लिकमान्डु