रिलायन्स फाइनान्सले घोषण गर्यो लाभांश



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

कम्पनीले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर तथा त्यसका लागि लाग्ने कर वापतको रकम अर्थात् चुक्तापुँजीको ०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट उक्त लाभांश घोषणा गरेको हो । हाल संस्थाको चुक्तापुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ छ ।


क्लिकमान्डु