ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ आजदेखि, कति भर्ने आवेदन ?



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आज (शुक्रबार)देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ ।

एक सय रुपैयाँ अंकित मूल्यको प्राथमिक सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयरमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत सेयर ३ लाख ३० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

कम्पनीको वित्तीय अवस्था हेर्दा आर्थिक वर्ष २०७६/७७ मा प्रति सेयर नेटवर्थ १३२.२९ छ । त्यसैगरी प्रतिसेयर आम्दानी १२.६५, नेटवर्थमा प्रतिफल ९.५१ प्रतिशत छ ।


क्लिकमान्डु